त्रिभुवन विमानस्थलका सीसीटीभी क्यामेराको स्टोरेज क्षमता ६१ दिन पुर्‍याइयो

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको सीसीटीभी फुटेजको क्षमता विस्तार भइरहेको जनाएको छ । कार्यालयले २१ दिन देखिको सीसीटीभी फुटेज नरहेको भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

केही दिनअघि १४ किलो सुन तस्करी प्रकरणमा गठित छानबिनका लागि समितिले विमानस्थलको २१ दिनको मात्र सीसीटीभी फुटेज प्राप्त भएको जनाएको थियो ।

कार्यालयका महाप्रवन्धक प्रताप बाबु तिवारीले विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५०० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको जनाएका छन् ।

‘सबै सिसिटिभिको स्टोरेज २१ दिन मात्र भएको भनी प्रतिवेदन र समाचारमा आएको विषयमा त्यस समयमा क्षमता विस्तारको कार्य सुरु गरेको नै तीन महिना नभएकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमताको भइसकेको छ भने बाँकीको पनि क्रमशः बढ्ने क्रममा छ’, कार्यालयले भनेको छ ।

साथै कार्यालयले यसअघि बढीमा २९ दिनसम्म स्टोरेज क्षमता मात्र रहने गरेकोमा ढिलै भएपनि यो वर्ष स्टोरेज क्षमता विस्तारको कार्य सम्पन्न भइसकेकोले सम्पूर्ण सीसीटीभी क्यामेराको रेकर्ड स्टोरेज ३ महिनाको हुने प्रस्ट पारेको छ । १६ टीबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरुमा केही समय लागेको पनि कार्यालयको भनाइ छ ।

सीसीटीभी जडानको कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गर्ने र त्यसको अपरेशन तथा सर्वेलेन्स नेपाल प्रहरीले गर्दै आएको पनि जनाएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित