‘हात्तीछाप’ माघ २६ देखि नेपालसहित दक्षिण कोरिया र जापानमा

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर ‘हात्तीछाप’ नेपालसहित दक्षिण कोरिया र जापानमा रिलिज हुने भएको छ । यो फिल्म नेपालमा माघ २६ गते रिलिजको तयारीमा छ ।

डायस्पोराको वितरण कम्पनी यूएनएले यो फिल्मलाई ती मुलुकमा प्रदर्शन गर्न लागेको हो । यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाईंले ती मुलुकको नेपाली डायस्पोरामा फिल्म प्रतीक्षित रहेको बताए ।‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतीक्षा गरिरहनुभएको छ । यसले हामीलाई अझै उत्साहित बनाएको छ,’ गुरागाईंले भने ।

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सनविक्रम राई लगायत कलाकारको अभिनय छ ।

जापान र दक्षिण कोरिया नेपाली फिल्मका लागि राम्रो बजार मानिन्छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित