नबिल बैंकले एकैपटक ५२ स्थानका घर तथा जग्गा लिलाम गर्ने (सूचीसहित)

काठमाडौँ  ।  नबिल बैंकले देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेको ५२ वटा घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो ।

बैंकबाट लिएको कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितोमा राखिएका २१ जिल्लामा रहेका ५२ स्थानका घर तथा जग्गा लिलामी गर्ने भएको हो ।बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी गर्ने बैंकले जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकासहित राजविराज, इँटहरी, भोजपुर, खलंगा, धरान, दोलखा, मोरङ, झापा, बाँके लगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले पुस २३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

ऋणीले समयमै कर्जा तिर्न नसकेपछि धितो राखिएको सम्पत्ति बैंकहरुले लिलामी गर्नुपर्ने हुन्छ । उक्त लिलामी बिक्री नभएमा बैंकले आफैंले सकार्न पाउँछन् । तर, धितो सकार्दा बैंकहरूले बढीमा १५० रोपनी जग्गा मात्र आफ्नो नाममा राख्न पाउँछन् । सीमाभन्दा बढी भएपछि बैंकहरूले त्यस्तो सम्पत्ति बेच्ने गरेका छन् ।

1 3 https://newskhari.com/storage/2023/12/1703580260-nabil-bank.png 2 https://newskhari.com/storage/2023/12/1703580260-nabil-bank.png

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित