हिटर ताप्दा निसास्सिएर नमोबुद्ध–१ का पूर्ववडाध्यक्ष लामाको मृत्यु

काभ्रे । हिटर र आगो ताप्दा निसास्सिएर काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर–१, का पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको मृत्यु भएको छ । झ्याल ढोका बन्द गरी हिटर र आगो बालेर सुतेका ८२ वर्षीय पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सोमबार राति खाना खाएर सुतेका आमाबुबा मंगलबार बिहान ८ बज्दा पनि नउठेपछि छोराबुहारी कोठामा पुग्दा बेहोस अवस्थामा भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, पूर्व वडाध्यक्ष लामा दम्पतीलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा पूर्व वडाध्यक्ष लामालाई अस्पतालले मंगलबार बिहान ९:२० बजे मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनका अनुसार, उनकी श्रीमती ८१ वर्षीया असनी माया लामा हाल धुलिखेल अस्पतालमा उपचाररत रहेको र उनको अवस्था सुधारोन्मुख रहेको जानकारी प्राप्त भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित