पोखरा । कारले ठक्कर दिँदा पोखरामा दुई पैदलयात्रीको मृत्यु भएको छ । गएराति पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
कास्की प्रहरीका अनुसार कारको ठक्करबाट बाग्लुङको ढोरपाटन नगरपालिका ६ घर भै पोखरा नदिपुर बस्ने ढालेन्द्र छन्त्याल र परिचय नखुलेका अर्का पुरुषको मृत्यु भएको छ । छन्त्याल २० वर्षका हुन भने अर्का पुरुषको उमेर ३५ वर्ष रहेको प्रहरीको अनुमान छ ।
घाइते उनीहरुलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका थिए ।