बलात्कारको घटना मिलाउन खोज्दा किशोरीद्वारा आत्महत्या प्रयास

अछाम । आफूमाथि भएको यौन दुर्व्यवहारको घटनामा कानुनी उपचारको बाटो छेकेपछि दुर्गम तुर्माखाँद गाउँपालिका–५ की १६ वर्षीया किशोरीले आत्महत्या प्रयास गरेकी छन् । यौन दुर्व्यवहारको घटनामा गाउँमै मिलाउन दबाब दिएपछि अन्याय भएको महसुस गर्दै ती किशोरीले गोठमा झुण्डिएर आत्महत्याको प्रयास गरेकी हुन् ।

पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपातसहित बलात्कार गरे । मदिराले लठ्ठ भएका विकले बजारबाट घर जाने बेलादेखि नै ती किशोरीलाई पच्छ्याइ रहेका थिए ।

घरनजिक पुग्ने बेला मदिराले मातेका सर्पले जब उनको शरीरमाथि आक्रमण गर्न थाले तब ती किशोरीकी आमाले सुनिन् । आमा घटनास्थल नपुग्दै भागेका विकले घर पुगेर गल्ती गरे माफ गर्नुस् भन्दै फोन गर्न थाले । उनकी आमाका अनुसार घटनाको पछिल्लो दिन जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिए ।

गाउँमा दुवै पक्षले किशोरीलाई आर्थिक प्रलोभनमा पारेर मुद्दा मिलाउने प्रयास गरिरहे । ‘घटना घटिसकेपछि गाउँमा जनप्रतिनिधिसहित अरुले अलिकति पैसा लिएर मुद्दा मिलाउन भने । छोरीले मलाई पैसा चाहिँदैन यसले म माथि आक्रमण गरेर इज्जत लुटेको छ । मलाई न्याय चाहिन्छ भनिन्,’ किशोरीकी आमाले भनिन्,‘केटाले सबैका अगाडी मैले केही पनि गरेको छैन भन्न थाल्यो । घटना पनि नस्वीकार्ने र मुद्दामामिला पनि गर्नु हुन्न भन्न थाले । त्यो कुरा छोरीले मानिन ।’

किशोरीले आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएपछि सोमबार प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए । ‘किशोरलाई नियन्त्रणमा लिएका छौं । किशोरीको पनि उपचार भइरहेको छ । घटनाबारे थप बुझेर आवश्यक प्रक्रियामा जान्छौं,’ उनले भने ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित