आरती साहका श्रीमान् मोतीबावु पक्राउ

काठमाडौं । प्रहरीले आरती साहका श्रीमान् मोतीबावुलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशसँगै उनी पक्राउ परेका हुन् । यसअघि पक्राउ परेका उनी उच्च अदालत जनकपुरको आदेशपछि छुटेका थिए । मोतीबावुलाई मंसिर २० गते सर्वोच्च अदालतले पुनः पक्राउ गरेर थुनामा राख्न आदेश गरेको थियो ।

सोही आदेश कार्यान्वयका लागि उनलाई जनकपुर प्रहरीले पक्राउ गरेको हो । जेठ ७ मा श्रीमती आरती साह घरमै मृत फेला परेकी थिइन् ।

तर, माइती पक्षले भने आरतीको मृत्यु मोतीबावुको कुटपिटका कारण भएको भन्दै धनुषा प्रहरीमा मोतीबावु र उनका बुवा मदनमोहन सुडीविरुद्ध जाहेरी दिएको थियो । सोही जाहेरीपछि प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । जिल्ला अदालत धनुषाले उनीहरुलाई अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, पछि उच्च अदालतले भने बाबुछोरालाई नै छोड्ने आदेश दिएको थियो ।

अदालतको उक्त आदेशपछि आरतीका आमाबुवा काठमाडौंको माइतीघरमा महिनौं धर्नामा बसेका थिए । सोही प्रकरणमा प्रहरीको अनुसन्धान सन्तोषजनक नरहेको भन्दै धनुषाका तल्कालीन प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि कारबाहीको माग गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित