युनिग्लोब कलेज र ‘पेवेल’ नेपालबीच सम्झौता

काठमाडौं । युनिग्लोब कलेज र डिजिटल वालेट कम्पनी पेवेल नेपालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । कलेजमा भर्ना हुने विद्यार्थीका लागि पेवेल नेपालले आकर्षक छुट दिनेगरी सम्झौता भएको हो ।

पेवेल नेपालका अनुसार कलेजमा बिबिए, बिआईमा भर्ना हुने विद्यार्थीका लागि आकर्षक छुटको व्यवस्था गरिएको छ । युनिग्लोब कलेजका कार्यक्रमहरु अन्वेषण गर्न आवेदन दिने र भर्ना प्रक्रियालाई सहज बनाउन पेवेल नेपालको एपमार्फत सिधै शुल्क तिर्न सकिने छ ।

कम्पनीका अनुसार युनिग्लोब कलेज र पेवेल नेपालले संयुक्त रुपमा वित्तिय साक्षरता सम्बन्धी कार्यशाल आयोजना गरी विद्यार्थीहरुलाई वित्तिय व्यवस्थापनबारे जानकारी गराउनेछ ।

२०१८ सालमा सञ्चालनमा आएको डिजिटल वालेट कम्पनी पेवेल नेपालका देशभर ४ लाख भन्दा बढी ग्राहक र ५ हजार भन्दा बढी एजेन्ट रहेका छन् । कम्पनीले बिल भूकतानीदेखि कोष स्थानान्तरणको काम डिजिटलमार्फत गर्दै आएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित