मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानविन समितिको निश्कर्ष

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानविन समितिले मीनबहादुर घले र उनको समूहले एक सय ३८ किलो सून तस्करी गरेको निश्कर्ष निकालेको छ । गत मंसिर २२ गते दुवईबाट काठमाडौं आएका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । चन्द्र पक्राउ परेपछि उक्त सुन गोरखाका मीनबहादुर घलेको भएको खुलेको थियो ।

उक्त घटनाबारे छानविन गर्न भन्सार कार्यालयले बनाएको समितिले दुवईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्ति र मिनबहादुरको समूहले चाँचोपाँचो मिलाएर सुन तस्करी गर्ने गरेको र हालसम्म उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको निश्कर्ष निकालेको हो ।

मिनबहादुर, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले विमानस्थलबाट सेटिङ मिलाएर हालसम्म एक सय ३८ किलो सुन बाहिर ल्याएको छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । एयरपोर्टमा सेटिङ मिलाउने काम डीबी भन्ने दनबहादुर गुरुङले गरेको पाइएको समितिले जनाएको छ । सुन बाहिर पास गराउन एयरपोर्ट भन्सारका केही कर्मचारी र पूर्व कर्मचारीको संलग्नता देखिएको समितिको निश्कर्ष छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित