राष्ट्र बैंकले आज १७ अर्ब ११ करोडको ट्रेजरी बोलकबोल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस ११ गते बुधबार जारी गर्नेगरी २८ दिने, ९१ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । बैंकको सूचनाअनुसार कुल रकममध्ये २८ दिनेका लागि ५ अर्ब रुपैयाँ ९१ दिनेका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ नवीकरण गरिनेछ भने ३६४ दिनेका लागि २ अर्ब रुपैयाँ नवीकरण गरिनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस २ गते १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित