नेपाल प्रहरीका सई घिमिरे कोठामा मृत फेला

काठमाडौं । भक्तपुरमा नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नं. गण नक्सालमा दरबन्दी भई कार्यरत रहेका बालकृष्ण उपाध्याय घिमिरे मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरमा प्रहरी निरीक्षक किशोर ढुंगानाकाअनुसार घिमिरे सिपाडोल टौखेलस्थित आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक कार्य गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित