काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार (भोलि) गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ ।
उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार बिहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । शिक्षकको विज्ञापन गत वर्ष जस्तै प्रदेशगत रुपमा माग गर्ने आयोगको तयारी छ ।
माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ ।
तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्नेछन् ।