छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । शुक्रवार र शनिवार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन, सर्लाही, बारा, भक्तपुर लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको हो ।

शनिवार बिहान काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका १ सुन्दरीजलस्थित बसपार्कमा बा २ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदल यात्री मकवानपुर भिमफेदी गाउँपालिका–६ घर भई हाल काठमाडौं सुन्दरीजल बस्ने २५ वर्षीय सरोज मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, चितवन, कालिका नगरपालिका–१ लङका लाईनमा भरतपुरबाट खाले सिमलतर्फ जाँदै गरेको बा११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई शुक्रवार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ बस्ने २७ वर्षीय विष्णु क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका ५ विकास चोकमा ना.६ ख ७९५४ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्री सोही महानगरपालिका–५ विकास चोक बस्ने २३ बर्सिया अमृता मिश्रको शनिवार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महोत्तरी, बलवा नगरपालिका–११ रातो खोल पुलमा प्रदेश २–०२–००४ प ३५४४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बलवा नगरपालिका–११ रौजा बस्ने १८ वर्षीय तमन्ना कवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, सर्लाही, ईश्वरपुर नगरपालिका–१२ बाँके जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवार साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको शुक्रवार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी बाराको प्रसौनी गाउँपालिका–२ दुधौरा खोलाको पुलमा कलैयाबाट वीरगंजतर्फ जाँदै गरेको म।प्र।०३–०३० प ४३९८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका–१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उपमहानगरपालिका–१२ सितलपुर बस्ने २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कुन्दनको एलएस न्युरो अस्पताल परवानीपुरमा र अभिमनुको एनएमसि अस्पताल वीरगन्जमा उपचारको

क्रममा मृत्यु भएको हो । यता भक्तपुर, सूर्यविनायक नगरपालिका–९ जगाती पुलस्थित सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा।१० च ८२८३ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदल यात्री रोल्पा घर भएका ३१ वर्षीय अर्जुन घर्तीमगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रवार राति मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सल्यानको बाग्चौर नगरपालिका–३ स्यालागैरास्थित सडकमा रा।१ क ८५९ नम्बरको तिरूपाते कम्पनीको जेसीबी अनियन्त्रित भई दुर्घटना हुँदा जेसीबीका सह– चालक दाङ गढुवा गाउँपालिका–५ बस्ने २४ वर्षीय दीपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ । उनको शनिवार बिहान मृत्यु भएको हो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित