यी हुन् नेपालमा धेरै आयात भएका ५ विद्युतीय गाडी

काठमाडौं । विद्युतीय सवारीसाधनको बिक्री निकै तिब्र गतिमा बढ्दै गएको छ । विद्युतीय साधनको आयत र बिक्री बढ्नुमा मुख्यत कम लागतमा धेरै गुड्न पाउनु हो ।

नेपालमा विद्युत उत्पादन र त्यसको प्रयोगको सरकारी तबरबाटै प्रयास हुनुले पनि विद्युतीय साधनको प्रयोग बढ्न सहयोग पुगेको छ । अर्को कुरा सरकारले विद्युतीय साधनमा पेट्रोलियम पदार्थबाट चल्ने साधनको तुलनामा ठूलो कर छुट दिएको कारण उपभोक्ताको रोजाई विद्युतीय साधन भएको हो ।

अहिले नेपालमा टाटा, एमजी, बीवाइडी, किया, हुन्डाई, नेटा, सेरेस लगायतका ब्राण्डले विद्युतीय कार बिक्री गर्दै आएका छन् । यसका अलावा केवाइसी, डाँफे, एसआरएम, किङलङ, हाइगर लगायतका इलेक्ट्रीक लाइट कमर्शियल भ्यानहरु उपलब्ध छन् ।

जुन रफ्तारले विद्युतीय कारको बिक्री भइरहेको छ, त्यहि रफ्तारमा विद्युतीय माइक्रो भ्यान पनि सडकमा थपिदै गएका छन् ।

चालु वर्षको ८ महिनासम्ममा सबैभन्दा धेरै गाडी बीवाइडी एटो ३ आयात भएको छ । यसको आधिकारीक बिक्रेता साइमेक्स इंकले ८ महिनामा १ हजार १७२ यूनिट ईभी आयात गरेको हो ।

दोस्रो धेरै हुने मोडल हो एमजी जेडएस ईभी । पारामाउन्ट मोटर्सले बैशाखदेखि मंसिरसम्ममा ९४६ यूनिट जेडएस ईभी आयात गरेको हो ।

तेस्रो स्थानमा टाटा टियागो आइपुगेको छ । कम्पनीले आयात सुरु गरेको ३ महिनामा नै ७७६ यूनिट टियागो नेपाल ल्याएको छ । सिप्रदी ट्रेडिङले टियागो ईभी भदौ अन्तिममा नेपाल ल्याएको हो ।

धेरै आयात हुने विद्युतीय साधनको सूचीको चौथो स्थानमा पनि टाटा कै नेक्सन ईभी परेको छ । ८ महिनाको अवधिमा टाटा नेक्सन ईभी ५९५ यूनिट आयात भएको हो ।

सूचीको पाँचौ स्थानमा कार नभएर इलेक्ट्रीक माइक्रो भ्यान केवाइसी परेको छ । चिनियाँ उत्पादन केवाइसी भ्यान सिजी मोटर्सले बिक्री गर्दै आएको छ । चालु वर्षको ८ महिनामा ५८० यूनिट केवाइसी भ्यान आयात भइसकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित