काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा केही बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार बिहान ६ः ४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस देखिएको हो।
हिजो शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। अस्ति बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे आउनेछ। त्यतिबेला बिहान ६ः४५ बजे देखिएको तापक्रमभन्दा केही प्वइन्ट मात्र घट्ने सम्भावना हुन्छ।
मौसमविद्का अनुसार राति मौसम बदली भयो अर्थात् आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा भयो भने घट्छ। आज काठमाडौं उपत्यकाको मौसम आंशिक बदली हुने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् प्रधानांगले बताए।