काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति रोक्न थालेको छ । शुक्रबार ५ वटा उद्योगको लाइन काटेको छ।
शुक्रबार लाइन काटिएकामा जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्ट छ।
उनीहरुको बक्यौता क्रमशः १ अर्ब १४ करोड, १ अर्ब ९४ करोड, १ अर्ब ३६ करोड र १ अर्ब ३० करोड रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई तुरुन्त बक्यौता उठाउन निर्देशन दिएका थिए। बक्यौता नतिर्ने उद्योगी व्यवसायीको बिजुली काट्न उनको निर्देशन थियो।