काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन पुस ७ गते काठमाडौंमा हुने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिबार काठमाडौंमा हुने जानकारी दिए।
उनले सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए। कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश सम्मेलन गरिसकेको छ।