नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय बैठकले गरेको छ ।

मन्त्रालयको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् । टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ । टेलिकमले अहिलेसम्म लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन ।

कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नै नगद लाभांश प्रदान गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नै नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा टेलिकमको सेयर मूल्य प्रतिकित्ता ९४० रुपैयाँ १० पैसा छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित