धनुषामा हिरासतमै थुनुवाको मृत्यु, प्रहरीको गोलीबाट एक घाइते

धनुषा । धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएको छ।

हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका थुनुवाको गए राति मृत्यु भएको हो।

सुगा निकासका दीपनारायण मण्डलको मृत्यु भएपछि परिवार तथा आफन्त आक्रोशित छन्। उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। हवाई फायर गर्दा एक जना घाइते भएका छन्। शंकर मण्डल घाइते भएका हुन्।

मण्डलको हातमा गोली लागेको छ। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै-झगडा हुँदा दिपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

विपक्षीले इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई पैसा खुवाएरु निर्घात कुट्न लगाउँदा दीपनरायणको मृत्यु भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवालेले घटनास्थलमा अवस्था तनावग्रस्त रहेको बताए। उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित