एजेन्सी । गत अक्टोबर ७ मा इजरायली आक्रमण सुरु भएदेखि डिसेम्बर २० सम्म गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघेको हमासनिकट सञ्चार कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, ६ हजार दुई सय महिला छन्। आक्रमणमा ५२ हजार बढी व्यक्ति घाइते भएका छन् भने ६ हजार सात सयभन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।
इजरायली हमलामा कुल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी तथा ९७ जना पत्रकारको मृत्यु भएको विवरण थप भएको छ।
हमलामा हेब्रोन र बेथलेहेमका वेस्ट बैंक सहरमा इजरायली सैनिकसँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।
गत अक्टोबर ७ मा इजरायल–प्यालेस्टिनी द्वन्द्वको दोस्रो चरण सुरु भएदेखि यस क्षेत्रमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीकोे संख्या तीन सय तीन पुगेको वाफा नामक प्यालेस्टिनी समाचार संस्थाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ।
इजरायली तालिकाअनुसार इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदलामा गाजामा निरन्तर आक्रमण गरिरहेको छ।