विद्यालयबाट घर फर्कँदै गरेकी किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा १७ वर्षीया किशोरी बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन्।

विद्यालयबाट घर फर्कँदै गरेकी लिखु तामाकोशी– ६ खिम्तीकी किशोरीलाई बलात्कार गरेको अभियोगमा सोही स्थानका २२ अम्बरबहादुर कडरिया पक्राउ परेका हुन्।

कडेरियाले यही पुस ३ गते मंगलबार दिउँसो २ बजेको समयमा खिम्तीको डल्ले चौताराको सामुदायिक जंगल हुँदै घर फर्कँदै गरेकी किशोरीलाई बजर्जस्ती करणी गरेर फरार भएका थिए।

घटनापछि घाइते अवस्थामा घर पुगेकी किशोरीले परिवारका सदस्यलाई घटनाबारे जानकारी गराएपछि परिवारले मंगलबार नै जिल्ला प्रहरी कार्यालय रामेछापमा जबर्जस्ती करणी उद्योगमा किटानी जाहेरी दर्ता गराएका थिए।

जाहेरीपछि फरार रहेका कडेरियालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनलाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित