असई थमन विक हत्या प्रकरण : संसदीय दलका नेता शर्मासहित ७ जनालाई जन्मकैद

काठमाडौं । असई थमन विक हत्या प्रकरणमा प्रदेश सांसद अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला भएको छ ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासले बिहीवार यस्तो फैसला सुनाएको हो । यद्यपि प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र समेत रहेका शर्मा महोत्तरीबाट मधेश प्रदेशसभामा निर्वाचित भएका थिए । उनी लोसपाका प्रदेश संसदीय दलका नेता समेत हुन् ।

शर्माका अलावा जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, लोसपाका नेता तथा जलेश्वर अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुरेश पाण्डे, प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी महेन्द्र झाले जानकारी दिए ।

यसैसँग जोडिएको आगलागी मुद्दामा सातै जनाले जनही ६ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीले तिर्नुपर्ने फैसला भएको छ ।

एमाले सांसद कोइरी र अर्का प्रतिवादी पवन कापडले भने दुवै मुद्दामा सफाइ पाएको झाले बताए । सूचना अधिकारी झाका अनुसार २८ जना प्रतिवादी रहेकोमा हाजिर भएका ९ जनाको हकमा मात्र फैसला भएको हो ।

फरार रहेका कौशल यादव, देवेन्द्र यादव, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सत्यन्द्र चौधरी, चन्देश्वर साह मेहतरीसहित १९ जना फरारको हकमा मुद्दालाई मुल्तबीमा राखिएको झाले जानकारी दिए ।

२०७२ भदौ २५ मा मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई विकको हत्या भएको थियो । घाइते अवस्थामा जनकपुरतर्फ लैजाँदै गर्दा एम्बुलेन्सबाटै थुतेर हत्या गरिएको थयो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित