काठमाडौं । खोटाङबाट देशभक्त समाजबादी मोर्चाका संयोजक तथा संयुक्त संघर्ष समितिका केन्द्रीय नेता गोपाल किराती लगायत चार जना पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप यातायात बन्द गराउन उत्रिएका नेता राई लगायत राजेश राई, गन्धमान राई र बिजय राईलाई हलेसीबाट प्रहरीले पक्राउ गरेको हो ।
पहिचान पक्षधर समुहले आज मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका थिए । नियन्त्रणमा परेका सबैलाई तत्काल रिहाइ गर्न पहिचानबादी युवा परिचालन समितिका संयोजक निर्मल राईको माग रहेको छ ।
समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी छ । त्यसकै बिरोधमा एक नम्बर प्रदेश पुःन नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तरगत उदयपुरको घुर्मी र धनकुटाको लेगुवाघाट सडक बन्दको आव्हान गरेको हो ।