घरमा भित्र्याउन ठिक्क पारेको पौने २ विगाहको धानमा आगजनी

काठमाडौं । रौतहटको पश्चिमस्थित फतुवा विजयपुर नगरपालिका-२ शीतलपुरमा पौने २ विगाह क्षेत्रफलमा फलेको धानमा अज्ञात समूहले आगो लगाइदिएको छ।

स्थानीय किसान लक्ष्मीनारायण यादवको खेतको धान काटेर दाइँ गर्न खेतमै राखिएको धानमा शनिबार राति ९ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो।

आगजनीबाट धान पूर्णरुपमा जलेको छ। उक्त घटनामा २ लाख ६० हजार बराबरको क्षति भएको पीडित किसान यादवले बताए।

घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा आगजनी भएपछि किसान यादवको परिवार चिन्तित भएको छ।

योजनाबद्ध रुपमा अराजक ब्यक्तिको समूहले पेट्रोल हालेर धानमा आगो लगाएको स्थानीयहरुले बताएका छन्।

दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही र क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग छ।

घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ।

यसअघि पनि शीतलपुरमा अर्का किसानले लगाएको करिब २ विगाह खेतको धानमा आगो लगाएर नष्ट गरिएको थियो।

शीतलपुर गाउँमा किसानको धानमा आगो लगाउने समूह सकृय बन्दै गए पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित