आगोमा जलेर बारामा एक महिलाको मृत्यु

जनकपुरधाम । बारामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदीप क्षेत्रीका अनुसार मानसिक अवस्था ठीक नरहेकी महिलाले हिजो बेलुका ८ बजेतिर आफ्नै कोठामा शरिरमा आगो लगाएकी थिन् । घरपरिवारले थाहा पाएपछि उद्धार गरी घाइते अवस्थामा उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना गरिएको थियो ।

गम्भीर अवस्थामा रहेकी उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी क्षेत्रीले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित