मोटरसाइकल दुर्घटनामा ७ महिनाकी छोरीसहित दम्पत्तीको मृत्यु

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा चालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी २ कुर्ले पाखाका भीमबहादुर स्याङ्तान, उनकी पत्नी रुपा र छोरी छन् ।

सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रुपा र उनकी छोरी करिब ७ महिनाकी शिशुको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् चितवनतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित