ललितपुरमा कर्नेल र डाक्टरको घरमा चोरी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं । ललितपुरमा नेपाली सेनाका एक जना कर्नेल र डाक्टरको घरमा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैंसेपाटीमा डा.फाहद आलम र वडा नम्बर १८ भैंसेपाटी बस्ने नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार डाक्टर आलमको घरमा चोरी गर्ने चार जना र कर्नेलको घरमा एक जनाले चोरी गरेको हो।

पक्राउ पर्नेमा ललितपुर-१८ विनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, २० वर्षीय राजु भोलान र ३९ वर्षीय उमेश श्रेष्ठ छन्। रोक्‍का र भोलान यसमा मुख्य अभियुक्तका रूपमा छन्।

उनीहरूले डा. आलमको घरबाट ल्यापटप, ४८१५ अमेरिकी डलर, ४२ हजार रुपैयाँ, सुन तथा चाँदीका घरगहना, चकलेट, लगायत सामान चोरेका थिए। घरमा कोही नभएको अवस्थामा उनीहरू घरभित्र प्रवेश गरी चोरी गरेका थिए। उनीहरूले कात्तिक १२ गते चोरी गरेका थिए।

यस्तै, कर्नेल कामेश्वर यादवको घरमा मंसिर ४ गते चोरी भएको थियो।

उनको घरबाट ५५०० अमेरिकी डलर, दुई लाख भारतीय नगद, दुई लाख नेपाली नगद, सुन तथा चाँदीका घरगहना चोरी भएको थियो। उनको घरमा चोरी गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका(२२ बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बरबहादुर तामाङलाई पक्राउ गरेको हो।

चोरी गरिएका सामान पनि प्रहरीले बरामद गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित