कर्णाली प्रदेशका प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने

सुर्खेत । कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले ड्युटी गरिरहेको समयमा मोबाइल चलाउन नपाउने भएका छन् । आफ्नो टिमको कमान्डरको हकमा भने यो नियम लागु हुने छैन ।

ड्युटी टिममा रहेका कर्मचारीलाई जरुरी भएमा कमान्डरको फोन मार्फत सहजीकरण गरिने छ । सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रित गरून्, ड्युटीको समयमा आफ्नो जिम्मेवारी क्षेत्र भित्र प्रभावकारी निगरानी हुन सकोस् र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन सकियोस् भन्ने उद्देश्यले यो व्यवस्था सुरु गरिएको कुरा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालले बताए ।

यसरी मोबाइल नचलाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने सामाजिक सञ्जालको दुरुपयोगबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने उनको विश्वास छ । यस कार्यले प्रहरी प्रतिको नागरिक विश्वास पनि बढ्ने अपेक्षा गरिएको छ ।

ड्युटीको समयमा मोबाइल नचलाउनरनबोक्नको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिसकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित