गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीलेजनाएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक महालक्ष्मी-८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न शंकास्पद गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित