नेकपा एसको समानुपातिक सूचीमा रहेकी लिमा अधिकारी रास्वपाको कोषाध्यक्ष !

काठमाडौं । एमालेका दिवंगत नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्षमा चयन भएकी छन् । आज सम्पन्न पार्टीको बैठकले उनलाई कोषाध्यक्ष बनाएको हो ।

लिमा यसअघि रास्वपा केन्द्रीय सदस्य थिइन् । उनी गत वर्ष फागुनमा रास्वपा प्रवेश गर्दै तत्काल केन्द्रीय सदस्य बनेकी हुन् । त्यसको छोटो समयमा नै उनलाई पार्टीको महत्वपूर्ण पोर्टफोलियो प्राप्त भएको छ ।

आफ्नो बुबा संलग्न पार्टी नेकपा एमालेमा २२ वर्षसम्म संगठित सदस्य थिइन् लिमा । उनी एमालेको उद्योग विभागमा पनि थिइन् । एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि उनी त्यसैमा आवद्ध भइन् । नेकपा एसको केन्द्रीय परिषद सदस्य लिमालाई पार्टीले गत प्रतिनिधिसभाको चुनावमा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित