नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता

काठमाडौं । नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई स्थानीय प्रशासनले दर्ता गरेको हो ।

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ ले पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गरेको हो । स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङको विवाह दर्ता गराएकी हुन् । पाण्डे र गुरुङबीचको विवाह बुधबार दर्ता गरिएको हो । उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ ।

विवाह दर्ता प्रमाणपत्रमा विवाहको प्रकारमा सामाजिक परम्पराअनुसारु उल्लेख गरिएको छ । यो विवाह दर्ताको अभिलेख भने अस्थायी रूपमा राखिने पनि प्रमाणपत्रमा उल्लेख छ ।

सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो । सर्वोच्चले नै अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश बोकेर कानुनी रूपमा ुदर्ता विवाहु गर्नका लागि पाण्डे र गुरुङ जिल्ला अदालत काठमाडौं पुगेका थिए । तर अदालतले विवाह दर्ता गर्न नमानेपछि पाण्डे र गुरुङ उच्च अदालत पाटन पुगेका थिए । त्यहाँबाट पनि उनीहरूको पक्षमा दर्ता विवाहका लागि आदेश आएको थिएन । त्यसपछि उनीहरू स्थानीय तहमा गएका हुन् । जहाँ उनीहरूको विवाह दर्ता गरिएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित