काठमाडौं । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखराले निजामती सेवातर्फ आवेदन मागेको छ । प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।
आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गरिनेछ । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिनुपर्नेछ ।
आवेदन पुस ३ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने आयोगले जनाएको छ ।