उर्लाबारीमा आगलागी अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो

विराटनगर । मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको रात एक सुन पसलमा आगलागी हुँदा नियन्त्रणका क्रममा घाइते भएका मध्ये पाँच जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति राति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३ वर्षिय रामनरेश मरिताको मृत्यु भएको हो।

धनुषास्थित जानकीनन्दनी गाँउपालिका घरभएका मरिता आगलागी नियन्त्रणका क्रममा गम्भीर घाइते भएका थिए। उर्लाबारी नगरपालिकाको बरगाछीमा रहेको सुनचादीको पसलमा आगलागी भएको थियो।

सोही क्रममा घाइते भएर उपचारका लागि काठमाडौं ल्याइएका घरधनी ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए।

आगलागी नियन्त्रणका क्रममा ४ प्रहरीसहित २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित