काठमाडौंसहित देशका विभिन्न स्थानको मौसममा बदली

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका कारण बिहान चिसो बढेको छ। दिउँसोबाट बादल हटेर घाम लाग्ने देखिएको उनले जानकारी दिए।

कोशी प्रदेशमा दिउँसोभरि नै बदलीको अवस्था रहने छ। मधेस प्रदेशमा दिउँसोबाट सुधारको अवस्था रहने उनले जानकारी दिए।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको बदलीको अवस्था दिउँसोबाट सुधार हुने सम्भावना रहेको उनले बताए । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा चिसो बढे पनि पानी पर्ने सम्भावना नदेखिएको लामिछानेले जानकारी दिए।

‘कोशी, कर्णाली, सुदूरपश्चिमका पहाडी भेग हिमाली भूभागमा हिमापातको सम्भावना भने देखिएको छ। पानी पर्ने सम्भावना भने देखिएको छैन,’ उनले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित