काठमाडौं । भारतको सिक्किमबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको छ । उक्त मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खसेको खुर्कोट प्रहरीले जानकारी दियो ।
दुर्घटनाबाट मोटरसाइकल चालक सोल्डिम शेर्पा घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको अहिले ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
शेर्पा भारतीय नम्बरको मोटरसाइकलमा सवार थिए ।