पूर्वउपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर

काठमाडौं । सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

अख्तियारले नगरपालिकाको तत्कालिन उपप्रमुख सविना कुमारी चौधरी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, वडा नं. ३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका नासु सुनील कुमार चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुमाथि झुटो प्रतिवेदन दिएको आरोप छ ।

अख्तियारले यही घटनामा लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इञ्जिनियर देबेन्द्र नारायण चौधरी र सव–इञ्जिनियर हर्षलाल चौधरीमाथि सडक कालोपत्र गर्दा बढी रकम भुक्तानी गरी राज्यकोषमा हानीनोक्सानी पु¥याएको आरोप लगाएको हो ।

अख्तियारले उनीहरुमाथि झुट्टा बिल, नापी किताब र कार्यसम्पादन प्रतिवेदन नै झुटो बनाइ २ लाख १२ हजार रुपैयाँ बढी भुक्तानी गरेको आरोप लगाएको छ । अख्तियारले सडक पिच गर्ने ठेक्का पाएको जालपा सिद्ध निर्माण सेवा, सुनसरीका सञ्चालक नानु कुमारी निरौला विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित