ढोरपाटनलाई चिनाउन ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो’ प्रतियोगिता

बागलुङ । पर्यटकीय क्षेत्र ढोरपाटनको प्रचार प्रसारका लागि गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघले ढोरपाटनमा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ सम्पन्न गरेको छ ।

गण्डकी प्रदेश तेक्वान्दो संघ (आईटीएफ) को आयोजना, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय र ढोरपाटन नगरपालिकाको सहयोगमा गत शुक्रबारदेखि शुरु भएको सेमिनार आइतबार समापन भएको हो ।

तीन दिनसम्म सञ्चालन भएको सेमिनारको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले समापन गरे । उनले सेमिनारमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै सेमिनारमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे । पहिलो पटक हाई अल्टिच्यूडमा गरिएको सेमिनारले खेलाडीमा आत्मबल बढ्नुका साथै पर्यटन प्रर्वद्धनमा पनि यसले महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा मालिका गाउँपालिका, म्याग्दीका अध्यक्ष बेगबहादुर गर्बुजाले हालसम्म खेल क्षेत्र राज्यको तिनै तहका सरकारको नजरमा नपरेको स्विकार गरे । उनले राष्ट्रलाई चिनाउने खेल क्षेत्रको विकासमा सबै तह लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ढोरपाटन नगरपालिका – ९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगर, पूर्व वडाध्यक्ष जीवन पुन, नेपाल आईटीएफका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश आईटीएफका उपाध्यक्ष आकाशचन्द्र घर्ती मगर, गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघ तथा बागलुङ जिल्ला आईटीएफका उपाध्यक्ष फारम बहादुर महत, नेपाल आईटीएफका केन्द्रिय सदस्य तथा तथा रुकुम जिल्ला आईटीएफका अध्यक्ष विजय पुन मगर, गुल्मी जिल्ला आईटीएफका अध्यक्ष विर कुँवरलगायतले तीन दिनको बसाईमा सिकेका सिपलाई व्यहारमा उतार्न खेलाडीहरुलाई आग्रह गरे ।

सेमिनारमा मार्सल आर्टका पवर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पे सियल टेक्निनिक विभिन्न विद्याहरुमा सहजीकरण गरिएको नेपाल आईटिएफ तेक्वान्दो संघका महासचिव घम थापाले जानकारी दिए ।

पुथा, चुरे, गुर्जा , धवलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे र निलगिरी हिमालको काखमा गरिएको सेमिनारमा विभिन्न जिल्ला तथा प्रदेशबाट करिब करिव ४०० खेलाडीको सहभागिता रहेको थियो ।

फाेटाे : जिटिभी नेपाल 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित