काठमाडौं । सरकारले एकैपटक ७१ जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय, निकाय, आयोग सचिवालय तथा कार्यालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार प्रशासन सेवा समूहका ५० जना, इञ्जिनियरिङ सेवा समूहका नौ जना, शिक्षा सेवा समूहका ६ जना, वन सेवा समूहका चार जना र स्वास्थ्य सेवा समूहतर्फका एक जना रहेका छन् ।
मन्त्रालयका अनुसार उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा कार्यरत सहसचिवको पनि सरुवा भएको छ ।