डा. केसीले मागे ‍स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौं ।  डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पदमुक्त गर्न माग गरेका छन्। राष्ट्रिय ट्रमा सेन्टरले शनिबार गरेको एक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले डा. केसी मेडिकल गिरोहबाट सञ्चालित रहेको आरोप लगाएका थिए।

डा. केसीका आन्दोलनमा सहभागी हुने चिकित्सक र कर्मचारीलाई कारबाही गर्ने धम्कीसमेत मन्त्री बस्नेतले दिएका थिए।आफूमाथि स्वास्थ्य मन्त्रीले घोर आपत्तिजनक अभिव्यक्तिु दिएको डा। केसीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डु जीका स्वास्थ्य मन्त्री माफीयाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बरखिलाफ हो, निजलाई तत्काल पदमुक्त गरियोस्,’ डा। केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

आफूमाथि मन्त्री बस्नेतले लगाएका आरोप कपोलकल्पित, झुठा रहेको पनि डा। केसीले उल्लेख गरेका छन्। गुणस्तरिय, निस्शुल्क, सस्तो, सुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्न र सुशासनका लागि आफू संघर्षरत रहेको डा. केसीले बताएका छन्।

सिटिइभिटी अन्तर्गत मापदण्ड नपुगेका र विगतमा नियम मिचेर सञ्चालन गरेका नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कलेज तथा शिक्षालयलाई सम्बन्धन र सञ्चालन अनुमति दिन र दिलाउन विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, संसदको स्वास्थ्य तथा शिक्षा समितिका सांसद र माफिया तथ्यहिन हल्ला फैलाएर दबाब सिर्जना गर्न लागिपरेको उनको भनाइ छ।

‘माफियाहरुको तर्फबाट स्वास्थ मन्त्रीको यो थप नयाँ प्रयास हो। डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् विदेशीनु पर्यो, भारतको सिमाना क्षेत्रमा धेरै नर्सिङ कलेज खोले भन्ने जस्ता तथ्यहिन हल्ला फैलाइयो। नेपालमा चिकित्सा शिक्षा ऐन निर्माण भए यता विदेशमा पढ्न जानेको संख्या गुणात्मक रूपमा कम भएको छ भने कति निजी मेडिकल कलेज, नर्सिङ र अन्य स्वास्थ्यसम्बन्धी विषयका शिक्षालयहरूका सिटहरू भर्ना हुने विद्यार्थीहरु नपाएर खाली गई रहेको कुरा सिटिइभिटीअन्तर्गतका निजी शिक्षालयहरूले गोरखापत्र लगायतका पत्रिकाहरूमा भर्नाको को लागि पुनः दोहोर्‍याई(तेहर्‍याई विज्ञापन गर्नुले दर्जनौं सिट विद्यार्थीहरु नपाएर खालि गई रहेको कुरा प्रमाणित हुन्छ,’ डा। केसीले भनेका छन्।

सरकारी निकायको टोलीले स्थलगत अनुगमन गरेर भारततिर कुनै नयाँ नर्सिङ कलेज स्थापना नभएको प्रतिवेदन दिएको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘पद सम्हालेयता स्वास्थ्य मन्त्रीले मर्यादाविपरीतका क्रियाकलाप गरी आइरहेका छन्। सुरूदेखि नै स्वास्थ्य मन्त्री माफियाहरूको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेका छन्। सम्बन्धित निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन्,’ उनले भने, ‘मन्त्रीले बुझ्ने क्षमता छ भने के बुझ्नु पर्छ भने अहिले नेपालमा राणातन्त्र वा पञ्चायततन्त्र छैन। प्रजातान्त्रिक मूल्यमान्यताअनुसार चल्नुपर्छ।’

स्वास्थ्य मन्त्रीले गैरलोकतान्त्रिक क्रियाकलाप गरे प्रधानमन्त्री प्रचण्ड जवाफदेही हुनुपर्ने डा। केसी बताउँछन्। डा.केसीले विगतका सरकारहरू र आफूहरूबीच भएका सम्झौता कार्यान्वयन गर्न मंसिर २८ गतेसम्म समय दिइएको पनि बताएका छन्।

‘हाम्रा माग पूरा नभए मंसिर २९ गतेदेखि थप कडा मागसहित सत्याग्रहलगायत कार्यक्रमसहित सशक्त आन्दोलन सुरू गर्न बाध्य हुने कुरा प्रधानमन्त्रीलाई जानकारी गराइन्छ,’ उनले भनेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित