दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन सर्वोच्चमा निवेदन परेको छ । दुर्गा प्रसाईंको हकमा रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेकाअनुसार वरिष्ठ अधिवक्ता भण्डारीले प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन दिएका थिए । रिट फिर्ताका लागि निवेदन दिएको भएपनि सर्वोच्चका न्यायाधीश डा.कुमार चुडालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको छ ।

सुनुवाइ सकिएको र औचित्य सकिएकाले रिट खारेज हुने र निवेदकले नै फिर्ताका लागि निवेदन दिएकाले माग बमोजिम हुने गरी उक्त रिटमा आदेश हुनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित