बारामा कुमारी बैंकको एटिएम फोडिएपछि…

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा रहेको कुमारी बैंकको एटिएम मेसिन फोडेर शनिवार राती पैसा चोरी गर्ने प्रयास भएको छ। सुन्दरबस्तीमा रहेको एटिएम मेसिन फोडे पनि भल्ट फुटाउन नसकेपछि चोरले रकम चोरी गर्न पाएनन्।

सटरको ताला फुटाएर भित्र पसेका चोरले एटिएम मेसिन फोडेका थिए। तर भल्ट फुटाउन नसकेका कारण पैसा सुरक्षित रहेको बैंकको भनाई छ। बैंकका शाखा प्रवन्धक पंकजकुमार उपाध्यायले एटिएम मेसिनको अवस्था हेर्दा रकम चोरी गर्न नपाएको जस्तो देखिएपनि प्रहरीको उपस्थितीमा भेरिफाई’ गर्ने तयारी भईरहेको जानकारी दिए।

बैंकमा रहेका सुरक्षागार्डले आइतबार बिहान करिब ३:३० बजे एटिएम मेसिन फोडिएको जानकारी पाएका थिए। सिसिटिभी क्यामरा बन्द अवस्थामा देखेपछि जाँच गर्ने क्रममा सुरक्षागार्डले एटिएम राखिएको सटर र मेसिन फोडिएको अवस्थामा देखेका थिए।

बैंकका अनुसार राती १:५० बजेदेखि सिसिटिभी क्यामरा बन्द अवस्थामा छ। सटर फोडेलगत्तै क्यामरा फुटाएर चोरले एटिएम मेसिन फोड्ने प्रयास गरेका थिए।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले एटिएम मेसिन फोड्नेको खोजी भईरहेको बताए। सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको क्षेत्रीले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित