रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि जलेश्वरमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबारदेखि सुरू हुने भएको छ। महामन्त्री मुकल ढकालले दिएको जानकारीअनुसार महोत्तरीको जलेश्वरमा सोमबार, मंगलबार र बुधबार बैठक चल्नेछ।

रास्वपाले केन्द्रीय समिति र संसदीय दल बैठक संयुक्त रूपमा गर्न लागेको हो। बैठकमा सातै प्रदेशका सभापतिहरूको पनि सहभागिता रहने महामन्त्री ढकालले जानकारी दिए।

केन्द्रीय अनुशासन र लेखा तथा प्रदेशहरूबाट सांगठानिक र राजनीतिक प्रतिवेदनसमेत बैठकमा पेश हुनेछ। पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको तथा संसदीय कार्यको समीक्षा गर्ने तयारी पनि छ।

महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अबलम्बन गर्ने नीतिका बारेमा पनि संयुक्त बैठकमा छलफल हुने पार्टीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित