चितवनमा बोराभित्र मृत भेटिएका दुई जनाको खुलेन पहिचान

काठमाडौं । चितवनमा हत्या गरी फालिएको अवस्थामा भेटिएका दुई जनाको सनाखत हुन सकेको छैन।

बुधबार दिउँसो पौने १ बजेतिर भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्ग सडकको कल्भर्ट मुनी दुई जनाको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजय पण्डितका अनुसार शव पहिचान हुन सकेको छैन। पहिचान नहुँदा प्रहरीलाई अनुसन्धान गर्न पनि जटिल भइरहेको छ।

कल्भर्ट मुनी दुई वटा बोराभित्र हात-खुट्टा बाँधिएको अवस्थामा पुरूष र महिलाको शव फेला परेको हो। जसको पहिचानको लागि प्रहरीले शनिबार केही तस्बिरहरू सार्वजनिक गरेको छ।

प्रहरीले पहिचानको लागि ७७ वटै जिल्ला लगायत सीमावर्ती भारतीय जिल्लाहरूमा समेत हुलिया परिपत्र गरेको डिएसपी पण्डितले बताए।

दुई जनाको हत्या कसरी भएको थियो भन्नेबारे पनि पोष्टमर्टम रिपोर्टपछि थाहा पाइने डिएसपी पण्डितले बताए। पहिचान खुलेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनमा पा ९८५५०९०१३३मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित