१६ दिनदेखि सुरुङमा फसेका मजदुर निकाल्ने प्रयास जारी

काठमाडौं । भारतको उत्तराखण्डस्थित सुरुङमा फसेका ४१ मजदुरलाई निकाल्ने प्रयास भइरहेको छ । तर १६ दिनसम्म पनि उनीहरूलाई निकाल्न सकिएको छैन । उनीहरूलाई निकाल्न हरसम्भव प्रयास भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार टनेलभित्र ड्रिलिङका लागि लगाइएको मेसिन टुटेको छ । जसले उद्धारमा बाधा आएको छ । यसैबीच उद्धारका लागि भारतीय वायु सेनाको सहयोग मागिएको छ । उद्धारका लागि हैदराबादबाट मेसिन मगाइएको छ ।

सुरुङमा फसेका कामदारहरूसँग उद्धारकर्मीहरूले रेडियोमार्फत कुराकानी गरेका छन् । साथै उनीहरूले खाना, पानी, अक्सिजन र औषधि पनि पाइपबाट पठाइरहेका छन् । १६ दिनअघि निर्माणाधीन सुरुङ भत्किँदा ४१ मजदुर फसेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित