काठमाडौं । गाजामा युद्धविराम भएको दोस्रो दिन अतिवादी समूह हमासले १७ बन्धक रिहा गरेको छ। शनिबार हमासले १३ इजराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो।
बदलामा इजराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको सीएनएनले जनाएको छ । इजराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्याई अस्पताल लगेको छ।
युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इजराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो।
योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इजराइलको जेलबाट मुक्त भएका छन्।
इजराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो।