काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताए।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने बताउँदै उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको पनि बताए।
‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो। भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरु भूमिगत रुपबाट त्यहाँबाट सहयोग प्राप्त ग¥यौँ,’ प्रधानम्न्त्री प्रचण्डले भने, छकार्यकर्ता प्राप्त गर्यौँ, लड्ने योद्धाहरु सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरु पनि भयो।’
कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भारतमा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्नेकुराको भुमिका स्व।पाख्रिनले गरेको बताए।