दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि प्रशासनले तक्यो स्थान

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शन काठमाडौंको सिफलमा हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल नजिकै भएकाले तीनकुने क्षेत्रमा आन्दोलन गर्न नदिने भएपछि प्रसाईं समूहले प्रदर्शनका लागि ठाउँमा मागेको थियो ।

प्रशासनले शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने शर्तमा गौशालाछेउको सिफल चौरका लागि अनुमति दिएको प्रसाईंले बताएका छन् । उनले बिहान ११ बजे सिफल चौरमा उपस्थित हुन आफ्ना समर्थकलाई आव्हान गरेका छन् ।

‘राष्ट्र, राष्ट्रियता, धर्म(संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ नाम दिएर प्रसाईं समूहले ७ मंसिरमा बल्खु क्षेत्रमा प्रदर्शन गरेको थियो । सो क्रममा प्रहरीसँग झडप पनि भएको थियो । भिड अराजक बनेपछि हिजो तीनकुनेमा प्रदर्शन गर्न प्रशासनले निषेध गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको र सुरक्षा दिन अप्ठेरो हुने भएकाले अर्कै ठाउँमा रोज्न प्रशासनले भनेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित