बर्दियाको एक घरमा आगलागी, १८ महिने बालकसहित ४ जनाको मृत्यु

काठमाडौं । बर्दियाको गुलरिया-४, तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । । राती करिब १० बजेतिर स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको हो ।

बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालकाअनुसार आगलागीमा परी गुलरिया-४ का ३६ वर्षीया राधा बुढा, ९ वर्षीया मानसी बुढा, ७ वर्षीय कृश चन्द र १८ महिनाको कार्तिक चन्दको मृत्यु भएको छ । २७ वर्षीया करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ ।

आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो । घेराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित