माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणाविरूद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । माइतीघर मण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश गरेको छ।

शुक्रबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासले अधिवक्ता नेपालले माग गरेको आदेश किन जारी नगर्ने भन्ने प्रश्नको लिखितरूपमा जवाफ दिन जिल्ला प्रशासनलाई भनेको हो।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)ले उक्त निर्णय खारेज गर्न आदेश माग्दै रिट दिएका थिए।

मेडिकल व्‍यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) पक्षको युवा संघले एकैदिन पारेर माइतीघर केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको थियो। उक्त घोषणापछि शान्ति सुरक्षा भड्किएर झडप हुनसक्ने आकलन जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ं र सुरक्षा निकायहरूको विश्लेषण थियो।

त्यसलाई मध्यनजरमा राख्दै काठमाडौं प्रशासनले गत सोमबार माइतीघर देखि नयाँ बानेश्वरसम्मलाई प्रदर्शन गर्न र पाँच जना भन्दा बढी भेला हुन नदिने गरी निषेधित क्षेत्र तोकेको थियो। त्यस्तै मंगलबार नै राष्ट्रपति निवास, प्रधानमन्त्री निवास लगायत भिभिआइपी क्षेत्रमा पनि प्रशासनले एक महिनाको लागि निषेधित क्षेत्र तोकेको थियो।

प्रशासनले प्रसाईं पक्षलाई बल्खुमा र युवा संघलाई तीनकुनेमा प्रदर्शन गर्न ठाउँ तोकेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित