काठमाडौं महानगरले मागेको ७१ प्रधानाध्यापक पदमा १५० आवेदन

काठमाडौं। काठमाडौं महानगरपालिकाले मागेको ७१ प्रधानाध्यापक पदमा १५० वटा आवेदन परेको छ ।

महानगरले माग गरेको आधारभूत तह (१-५) ६ वटा पदको लागि ११ वटा, आधारभूत तह (१-८) २२ पदको लागि ३१ वटा र माध्यामिक तहको ४३ पदको लागि १०८ वटा गरी जम्मा १५० आवेदन परेको हो ।

महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट करारमा पाँच वर्षको लागि प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै १७ कात्तिकमा दरखास्त आह्वान गरेको थियो ।

कात्तिक मसान्तसम्म आवेदन माग गरेपछि बीचमा परेको चाडका कारण निवेदकहरुको अनुरोधमा ७ मंसिरसम्म आवेदन समायवधि थप गरिएको महानगरका शिक्षा अधिकृत इन्द्र प्रसाद दाहालले जानकारी दिए ।

महानगर शिक्षा विभागले १३ मंसिर भित्र आवेदक शिक्षकहरुलाई विद्यालय विकास योजना पेश गर्ने समयवधि तोकेको छ ।

महानगरले गठन गरेको विज्ञ टोलीले उनीहरुको विकास योजना सुन्ने, सेवा अवधि लगायत शिक्षा नियमावली अनुसार मूल्याङ्कन गरेको आधारमा नतिजा सार्वजनिक गर्ने र नियुक्ति गर्ने काम सकिने गरी तयारी भइरहेको महानगरका शिक्षा अधिकृत दाहालले बताए ।

उनले भने, ‘हामी मंसिरभित्र सबै काम सकेर छनौट भएका प्रधानाध्यापहरुलाई नियुक्ति दिने कार्यायोजना छ ।’ महानगरले ११ स्रोत शिक्षक पदको लागि माग गरेको दरखास्तमा ४० वटा आवेदन परेको छ ।

महानगरले अंग्रेजी २ जना, नेपाली २ जना, गणितमा ३ जना, सामाजिकमा २ जना र विज्ञान विषयको स्रोत शिक्षकमा २ जना गरी ११ पदको लागि दरखास्त आह्वान गरेको थियो ।

महानगरले स्रोत शिक्षकको लागि काठमाडौं महानगरपालिकाको स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८० बमोजिम १८ मंसिरमा लिखित परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित